सर्वसाधारणलाई अपिल : ठाउँठाउँमा भिड नगर्न स्वास्थ्य मन्त्री भानुभक्त ढकालको आदेश ।


प्रकाशित २० असोज, मंगलवार , काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालाहरूसँग छलफलमा नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् भने सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नदिन निर्देशन दिएका छन् ।

मन्त्री ढकालले भर्चुअल माध्यमबाट देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै पूर्णरूपमा काम गर्न र साथै कोभिड १९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाबारे जानकारी लिएका हुन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार