भारतमा घट्दो कोरोना भाइरस संक्रमण ।



प्रकाशित: कार्तिक ११, मङ्गलबार, बिराटनगर । 
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा आज सबैभन्दा थोरै देखिएको छ । 

सरकारी अधिकारीले जनाएअनुसार पछिल्लो तीन महिना भित्रमा आज ४० हजार भन्दा थोरै सङ्क्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४ सय ७० जनालाई सङ्क्रमण भएको जनाएको छ ।


योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख भन्दा धेरै छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै, ७२ लाख भन्दा धेरै कोरोना मुक्त भएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial