पीडित परिवारलाई तीन लाख सहयोग


दमौली । गत असार र त्यसपछि परेको अविरल वर्षाले घर भत्किएका पीडित परिवारलाई तनहुँको घिरिङ गाउँपालिकाको राहत रकम प्रदान गरेको छ ।

गाउँपालिकाले पीडित परिवारको घरमै पुगृर राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले छ परिवारलाई राहत स्वरुप रु तीन लाख हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका–३ पोखरीडाँडाका एक, वडा नम्बर ४ छाब्दीका एक र वडा नम्बर ५ लङ्कापतीथर र किटियाका चार परिवारलाई गाउँपालिकाले राहत स्वरुप रु ५०/५० हजारका दरले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । विपद्‌बाट परेको पीडामा मलम लगाउने उद्देश्यले गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराएको रानाले बताए ।

गाउँपालिकाले लोक गायक र गायिका घिरिङ गाउँपालिका–५ च्याचल निवासी कृष्णप्रसाद गौतम र वनडाँडा निवासी योमाया रानालाई प्रोत्साहन स्वरुप रु दश/दश हजार सहयोग गरेको छ । वर्षाले घर भत्किएका आठ घरपरिवारलाई राहत दिने निर्णय भएकामा बाँकी घरलाई पनि छिट्टै रकम उपलब्ध गराइने गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार