खाद्य कम्पनी लिमिटेडबाट प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण हुने ।



प्रकाशित: कार्तिक ३, सोमबार, काठमाडौँ । 
दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेको छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। उनका अनुसार निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने भएको छ भने थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट प्रतिकिलो रु ५ ५० का दरमा बिक्रीवितरण हुने छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको हो। कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको हो र यस वर्ष दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी पुरा गरेको कम्पनीले बताएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार