आईपीएल २०२०: हैदराबादले पंजाबलाई ६९ रनले हरायो ।


(Photo: www.espncricinfo.com)

प्रकाशित: असोज २३, शुक्रबार । 

बिहीबार राति दुबईमा इन्डियन प्रिमियर लिग अन्तर्गत आयोजित क्रिकेट खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पंजाबलाई ६९ रनले हरायो।


दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले निर्धारित  ओभरमा २०२ रनको लक्ष्य दिएको थियो भने पंजाब १६.५ ओभरमा १३२ रनमा सीमित रह्यो ।

निकोलस पूरनको ५ चौका र ७  छक्कासहित ७७ रनको बावजूद  पंजाबले हैदराबादको बिरूद्ध जीत हासिल गर्न सकेन। 

पंजाबका लागि केएल राहुल र सिमरन सिंहले ११ रन बनाए भने अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा पुग्न सक्ने अवस्थामा थिएनन् ।

जवाफमा हैदराबादका रशीद खानले ३ विकेट र केके अहमद र टी नटराजनले दुई-दुइ  विकेट लिए।

यसभन्दा अघि टस जितेर पहिले ब्याटिङ्ग  गर्दै हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

ओपनर जोनी बेयरस्टो र क्याप्टेन डीए वार्नरले अर्धशतक जमाए। बेयरस्टोले सर्वाधिक ९७  रन बनाए भने वार्नरले  ५२ रन बनाए।

यस जितसँगै हैदराबाद खेलबाट ६ अंकको साथ तेस्रो स्थानमा छ र छ खेलबाट दुई अंकको साथ पंजाब तल्लो स्थानमा  छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार