आईपीएल २०२०: राजस्थानले हैदराबादलाई ५ विकेटले हरायो ।


प्रकाशित: असोज २६, सोमबार ।  
आइतबार राति दुबईमा आइपीएल क्रिकेट खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ।

हैदराबादले १५९ रनको लक्ष्य दिएको थियो जसलाई पछ्याउदै राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य हासिल गरेको थियो। राहुल तेवाटियाले सर्वाधिक ४५ रन बनाए र अविजित रहे , आर परागले ४२ रन बनाए भने एसभी शिमसनले २६ रनको योगदान दिए।

जवाफमा हैदराबादका रषादी खान र खलील अहमदले दुई दुई विकेट लिए। यसभन्दा अघि टस जितेर पहिले ब्याटिङ्ग गर्दै हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाए।


हैदराबादका मनीष पाण्डेले सर्वाधिक ५४  रन बनाए। उनले ४४ बलमा दुइ चौका र तीन छक्का प्रहार गरे, कप्तान डेभिड वार्नरले ४८ रन र के एस विलियमसनले २२ रनको योगदान दिए।

यस जितसँगै राजस्थान सात खेलबाट ६ अंकको साथ छैटौं स्थानमा छ। त्यस्तै हैदराबाद सात खेलबाट ६ अंकको साथ पाँचौं स्थानमा छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार