सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको १२६ घण्टे सामाजिक अध्ययन बिषयक बिषय वस्तुमा आधारीत तालीम सम्पन्न ।



प्रकाशित: असोज १५, बिहिबार, काठमाण्डौ ।
सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको आयोजनामा संचालीत ६३ दिन १२६ घण्टे सामाजिक अध्ययन बिषयक बिषय वस्तुमा आधारीत तालीम कार्यक्रम समापन भएको छ । विभिन्न जिल्लाका प्रशिक्षक ज्यूहरु द्वारा सहजीकरण गरेको यो तालीम धादिङ जिल्लावाट शुरु भइ सुनसरीमा पुगेर समापन भएको छ । कार्यक्रम समाजका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता तथा शिक्षा विज्ञान तथा प्रबिधी मन्त्रालयका प्रबक्ता तथा सह सचीव श्री दिपक शर्मा को प्रमुख आतिथ्यमा भएको थियो । समापन समारोहमा स्वागत मन्तब्य राख्दै केन्द्रिय बरिष्ठ उपाध्यक्ष श्री ध्रुबराज थापा ले नेपालकै मेघा तालीमको रुपमा रहेको यो तालीमलाई विश्वकप फूटबलको उपमा दिदै एउटा वाल हठको रुपमा थालीएको भएपनि सफल भएरै छाडेको बताउनु भयो । 

महासचीव श्री ज्ञानु अधिकारीले संचालन गर्नुभएको समापन समारोहको कार्यक्रमलाई केन्द्रिय कोषाध्यक्ष शुशीला ढकालले सहजीकरण गर्नु भएको थियो । सामाजिक अध्ययन बिषयका ज्ञाता प्रो.डा. श्री राम प्रसाद उपाध्याय, डा. विनय कुमार कुसीयत, श्री खुवीराम अधिकारी, श्री बोध कुमार खनाल, श्री हेमराज खतिवडा समेतको उपस्थीतीमा भएको समापन समारोहमा बक्ताहरुले सामाजिक अध्ययन विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन, यस विषयको विकास र प्रवद्र्धन गर्नुका साथै यसका बारेमा अध्ययन अनुसन्धान गरी यसको विकासमा समेत मद्धत पुग्ने हेतुले यो समाजको गठन भएको र अव शिक्षकहरुले सुचना प्रविधिको प्रयोगका माध्यमवाट आफ्नो विज्ञता आदान प्रदान गर्न यस प्रकारको संगठन कोशेढुङ्गा हुने वताउनु भएको थियो । कार्यक्रममा शाखा विस्तार उप समितिका संयोजक श्री दामोदर न्यौपानले ३४ वटै संस्थाको जानकारी दिनुभएको थियो । 


कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रबक्ता तथा सह सचीव दिपक शर्माले सामाजिक विषयका शिक्षकको भूमिका अति महत्वपूर्ण हुने वताउदै सामाजिक विषय शिक्षण सजिलो कार्य नभएको वताउनु भयो । उहाँले तालीम वाट आफूमा परिवर्तन भए जस्तै विद्यार्थीको सीकाइमा पनि परीवर्तन आउनु पर्ने भन्दै हालको सिकाइ समस्याका वारेमा चर्चा समेत चर्चा गर्नु भएको थियो । 

उहाँले सिकाइ सहजीकरण निर्देसिकालाइ पूर्ण रुपमा लागु गर्न सामाजिक शिक्षकको पनि महत्वपूर्ण भूमिका हुने वताउदै विषय गत संजाल हरुले आफ्नो पेशागत विकासका साथै सम्बन्धीत बिषयमा सरकारलाइ समेत सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । 


उक्त अवसरमा वोल्दै समाजका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले यस तालीममा धेरै प्रशिक्षक र सामाग्रीहरु निमाण गर्न सफल भएको वताउदै समाजले आफ्नै वेवसाइड समेत निर्माण गरेको वताउनु भयो । कर्म गर फलको आश नगर भन्ने मूल मन्त्रका साथ सामाजीक शिक्षकले सेवा भावले काम गर्नु पर्ने वताउनु भयो । उहाँले यस्ता तालीम हरु आगामी दिनहरुमा पनि संचाल हुने कुराको जानकारी दिदै सदस्यता वितरण अवको पहिलो प्राथमिकता हुने पनि वताउनु भयो । 

विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूलाई असल नागरिकको रुपमा विकास गर्नका निम्ति सामाजिक अध्ययन विषयमा निम्न तह देखि उच्च तह सम्म विषयगत स्तरता कायम गर्न र अध्ययन अध्यापनमा देखा परेका विषयगत समस्या समाधान गर्न यो संस्था क्रियाशील बन्नेकुरा वताउदै अवका दिनमा हामी सवै शिक्षकहरु वैकल्पीक सिकाइ कार्यक्रम मा लाग्नु पर्ने वताउनु भयो । 

राष्ट्रको लागि आवश्यक असल नागरिक तयार पार्न आवश्यक सक्षम शिक्षककोरूपमा सामाजिक अध्ययन विषयका शिक्षकलाई विकास गर्न, सामाजिक अध्ययन विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र विषयगत समस्याहरूको सामूहिक प्रयासबाट समाधान समेत गर्न यो समाजको गठन गरिएको हो । विद्यालय तहमा शिक्षण गरिने सामाजिक अध्ययन विषय शिक्षणमा संलग्न अध्यापकहरू तथा यसको विकास र प्रवद्र्धनमा संलग्न विज्ञहरूको साझा मञ्चको स्थापना र सञ्चालन गर्ने उद्देश्यले यो संस्था स्थापना भएको वताइएको छ ।  यसका साथै, सोसोन नेपालको आधिकारिक वेबसाइट "www.sosonnepal.org.np" पनि आज सार्वजनिक भएको छ ।

राष्ट्रीय टाईम्सका लागि शिक्षा पृस्ठ संयोजक्, सन्तोष पोख्रेलले तयार पार्नुभएको खबर ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार