बाँकेमा ८६ कोरोना संक्रमितको उपचार हुँदै, २३ जना गम्भीर



बाँके । बाँकेमा हाल कोरोनाका २३ जना गम्भीर बिरामीहरुको दुईवटा कोरोना आइसोलेसन अस्पतालमा उपचार भैरहेको छ । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसन वार्ड र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरिएका कोरोनाका २३ जना गम्भीर बिरामीको उपचार भैरहेको हो । 

श्रेष्ठका अनुसार बुधबार बेलुकासम्मको तथ्यांक अनुसार भेरी अस्पताल नेपालगन्जमा १६ जना र मेडिकल कलेज कोहलपुरमा ७ जना गम्भीर बिरामीको उपचार भैरहेको छ । 

उनिहरु मध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार गरीरहेको उनले जानकारी दिए । 

बुधबार बेलुकासम्म भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीहरुको उपचार भैरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार