प्रभु डिजिटल प्रा लि अब एक सार्वजनिक कम्पनी ।


प्रकाशित: असोज २३, शुक्रबार, काठमाडौँ ।  
प्रभु डिजिटल प्रा लि, प्रभु समूह अन्तर्गत सञ्चालन गर्ने प्राइभेट लिमिटेड अब एक सार्वजनिक कम्पनी भएको छ।

प्रभु डिजिटल प्राइभेट लिमिटेड, इन्टरनेट र इ-मेल सेवाहरू प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को  इजाजतपत्र प्राप्त गरि, आगामी दिनमा सार्वजनिक कम्पनीको रूपमा सञ्चालन हुनेछ।

एनटीएले कम्पनीलाई प्रभु डिजिटल प्राइभेट लिमिटेड बाट प्रभु डिजिटल लिमिटेडमा परिवर्तन गर्न अनुमति प्रदान गरेको छ।

नाम परिवर्तन भएपछि कम्पनीले अब कानुनी रूपमा सार्वजनिक साझेदारी जारी गर्न सक्छ। कम्पनीले अक्टुबर २४, २०१७ देखि इन्टरनेट सेवा प्रदान गरिरहेको छ।


यसका साथै यसले टेलिभिजन, आईपीटीभी / ओटीटी सेवाहरू पनि प्रदान गगर्दै आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार