काठमाडौं उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित



प्रकाशित: कार्तिक १३, बिहिबार, काठमाडौँ । 
गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभर थपिएका २ हजार ३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६१५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial