वल्भ्सको लिड्समाथि १-० को जित: इंग्लिश प्रिमियर लिग ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, एजेन्सी । 
इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्सलाई पराजित गरेको छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित हासिल गरेको हो ।

इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन पोर्चुगिज फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको आठौं मिनेटमा घरेलु टोली लिड्सले ज्याक ह्यारिसनबाट आएको पासमा प्याट्रिक बामफोर्डको गोलबाट अग्रता लिएपनि अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन । १०औं मिनेटमा रोड्रिगाको प्रहार क्रसबारमा लागेर बाहिरिदा लिड्स पुनः अग्रता लिनबाट चुक्यो ।


३७औं मिनेटमा जोओ मौटिन्होको कर्नरमा राहुल जिमिनेजको प्रहार क्रसबारमा लाग्दा वल्भ्स अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा ह्यारिसनको भली क्रसलाई बामफोर्डको प्रहारलाई वल्भ्सा कप्तान कोनोर कोडेले ब्लक गरिदिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियन्डर डेडनकेरको क्रसमा ड्यानियल पोडेन्सको शक्तिशाली प्रहारलाई लिड्सका गोलरक्षक इलान मेसलिएरले बचाए ।

५३औं मिनेटमा ड्यानियल पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा वल्भ्स अग्रता लिनबाट चुक्यो । ७०औं मिनेटमा म्याक्स किलमनको पासमा राहुल जिमिनजले गोल गर्दै वल्भ्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स विजयी हुन सफल भयो ।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लन सफल हुदा लिड्स ६ अंकसहित १०औं स्थानमा झरेको छ । प्रिमियर लिगको अर्काे खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि वेस्ट ब्रुम २ अंक जोडेर १७औं स्थानमा तथा पहिलो अंक जोडेको बर्नली १८औं स्थानमा उक्लिएको छ । समान १ अंक भएपनि बर्नलीले गोल अन्तरमा सेफिल्ड र फुलहमलाई पछि पारेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial