३ गेस्टहाउसमा छापा, १४ जना गिरफ्तार ।



प्रकाशित: असोज २५, आइतबार, भक्तपुर । 
प्रहरीले भक्तपुरको ठिमी क्षेत्रमा तीन वटा गेस्ट हाउस हरुमा छापा मार्ने क्रममा प्रोपरइटरहरुसहित १४जनालाई नियन्त्रणमा लिएका छन् । कोरोना भाइरस प्रतिबन्ध हटाएपछि महानगरीय प्रहरी सर्कल, ठिमीले गेस्टहाउहरुमा ' असामाजिक गतिविधिहरू ' बढेको खबर पाएपछि शनिबार राति छापा मारेका थिए । प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सात महिलालाई पनि पक्राउ गरिएको छ ।

कानून प्रवर्तन एजेन्सीले, सुनकोशी गेस्ट हाउस, सनराइज गेस्ट हाउस र बालकुमारी गेस्ट हाउसमा राति छापा मारेको थियो । धनुषाका २० वर्षीय मालिक कमल गिरी, ठिमी ७ का ३० वर्षीय रमेश घजू र दोलखा निवासी २० वर्षीया महिला सुनकोशी गेस्ट हाउसबाट पक्राऊ परेका थिए ।

रामेछापका सूर्योदय गेस्ट हाउसका मालिक ३८ वर्षीय दिलध्वज खड्कालाई पक्राउ गरिएको छ। यसै गरी, दाङ्गकि २४ वर्षीया महिला, मोरंगकि ३५ वर्षीया महिला , चाँगुनारायण ७ का ४७ वर्षीय पुरुष र भोजपुरका २३ बर्षे युवकलाई पनि पक्राउ गरिएको छ।


कालीकोटका २४ वर्षीय नरेश बोगटी (बालकुमारी गेस्टहाउसका मालिक ) , सिन्धुलीका ३२ बर्षे युवती र काभ्रेकी २३ वर्षीया महिला पक्राउ परेका थिए। गेस्ट हाउसबाट सिन्धुलीकी २४ वर्षीया महिला,सुनसरीकी २२ वर्षीया महिला र मकवानपुर निवासी २७ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार