जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु ।



प्रकाशित: कार्तिक २, आईतबार, उदयपुर । 
उदयपुर जिल्लाको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा आइतवार बिहान सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

" मृतकको पहिचान ओखलढुंगाका मानेभञ्ज्याङ ९ का ४६ बर्षीय रामबहादुर सार्की र  २७ वर्षीय कर्मे सार्की रहेको छ भने अन्यको पहिचान हुन सकेको छैन। " जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कॉर्पियो जीप आइतवार बिहान दुर्घटना भएको हो। दुर्घटनामा अन्य तीनजनालाई गम्भीर चोट लागेको छ।

दुर्घटनामा परी जीप चालक रूपन्देहीका २८ बर्षीय पवन खड्का, १८ वर्षीया कल्पना सार्की र ओखलढुंगा मानेभञ्ज्याङ की ३३ वर्षीया कुमारी सार्की छन्।

घाइतेहरुलाई उद्धारपछि कटारीस्थित अस्पताल लगिएको छ। उदयपुरका डीपीओका डीएसपी बेदप्रसाद गौतमले भने । घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको डिएसपी गौतमले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार