अमेरिकामा ७.५ म्याग्निच्युट को शक्तिशाली भूकम्प, त्सुनामी का साना लहर देखा परे ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, एजेन्सी । 
अमेरिकामा शक्तिशाली भूकम्पसँगै सुनामीको चेतावनी दिइएको छ । अमेरिकाको होमरमा अलास्का नजिक ७.५ रेक्टरको भूकम्प गएको नेशनल सेन्टर फर सिस्मोलोजीले जनाएको छ ।

भूकम्पपछि सुनामी आउने चेतावनी सन्देश जारी गरिएको हो । समाचार एजेन्सीहरुका अनुसार केही स्थानमा सुनामीका साना लहर पनि देखिएको छ ।

होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम केन्द्र बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।


नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको भूकम्पसँगै अमेरिकीहरुले कोरोना महामारीसँगै सुनामीको पनि प्रभाव झेल्नुपर्ने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार