बुढीगण्डकी आयोजनामा तीन नेताले ९ अर्ब बााडेर खाएको दाबी निराधार: प्रधानमन्त्री ओली ।



प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेर खाएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको दाबी निराधार भएको बताएका छन् ।

हालै गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए र उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती समेत दिएका‌ थिए।

प्रधानमन्त्री ओलीले आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने बताएका छन्।कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति भएको र यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो तर हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौ भनी ओलीले प्रष्ट पारेका छन्।


जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बतए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै प्रधानमन्त्रीले यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार