आईपीएल २०२०: कोलकाताले चेन्नईलाई १० रनले हरायो ।


फोटो क्रेडिट : espncricinfo.com 
प्रकासित: असोज २२, बिहिबार । 
कोलकाता नाइट राइडर्सले बुधवार राति युनाइटेड अरब इमिरेट्स (युएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आयोजित क्रिकेट खेलमा चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गर्‍यो।

शेख जाएद क्रिकेट स्टेडियममा आयोजित क्रिकेट मैदानमा कोलकाताले निर्धारित २० ओभरमा ५  विकेटको क्षतिमा १६८ रन बनाएको मा  लक्ष्यलाई पछ्याउँदै चेन्नई १५७ रनमा सीमित रह्यो ।

चेन्नईको शेन वाटसनको अर्ध शतक पारीको बावजुद पनि टीमलाई कोलकाता बिरूद्ध सुरक्षित जित्न गराउन मद्दत गर्न सकेन। यसैगरी अम्बाती रायुडूले २७  बलमा ३  चौकासहित ३० रन बनाए र आरए जडेजाले २१ रङ बनाए जसका लागि उनले ३  चौका र १ छक्का प्रहार गरे।

जवाफमा कोलकाताका शिवम मावी, सीवी वरुण, केएल नागरकोटी, एसपी नरेन, एडी रसेलले एक विकेट लिए।


यसभन्दा अघि टस जितेर पहिले ब्याटिङ्ग गर्दै कोलकाताका राहुल त्रिपाठीले खेलेको ८१ रनको इनिङ्गको साथ १६७ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन। एसपी नरेन र  पीजे कमिन्सले नौ बलमा १७ रन बनाए।

जितसँगै कोलकाता पोइन्ट टेबलमा तेस्रो स्थानमा पुगेको छ। उसले खेलबाट अंक संकलन गरेको छ भने चेन्नई खेलबाट चार अंकको साथ पाँचौं स्थानमा छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार