रोयल च्यालेन्जर्स बैंगलोरद्वारा कोलकाता नाइट राइडर्स ८२ रनले पराजित ।



प्रकाशित: असोज २७, मंगलबार, एजेन्सी । 
रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित हासिल गरेको  छ । सोमबार राति सारजाहमा भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित हासिल गरेको हो । 

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सकेको थियो  ।

कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए भने राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए ।


कोलकाताका अन्य खेलाडीले भने  दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ । - एजेन्सी । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार