वीरगञ्जमा प्रहरीले ए एस टी प्रा.लिको तीनवटा गोदाममा भण्डारण गरेर राखिएको सामानहरू नियन्त्रणमा लिएको छ।


प्रकाशित: २० असोज, मंगलवार , वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरस्थित ए एस टी प्रा.लिको तीनवटा गोदाममा भण्डारण गरेर राखिएको सामानहरू म्याद  सकिएको पाइएको थियो । आदर्शनगरको ए एस टी प्रा.लि मा आइतबार देखि नै अनुसन्धान शुरू भए  लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपनिरीक्षक गंगा पन्तलाई जानकारी गराएका छन् ।  उक्त जानकारी अनुसार वनस्पति घ्यू, नरिवलको धुलो, केक, बेकरी र विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ र रंगलगायत सामग्रीहरू म्याद नाघेको पाइएको उनले  जानकारी दिए। 


गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएका छन् । 


प्रहरी उपनिरीक्षक पन्तका अनुसार बेकरी खानेकुरा बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने बस्तुहरु गोदाममा म्याद नाघी सकेको पाईयो तर यी सबै सामग्रीहरू लाई पूनः नयाँ मिति राखेर बजार पठाइने गरेको आशंका अनुगमन टोलीले जानकारी दिएको थियो तर सञ्चालकको भनाइ अनुसार कोरोना माहामारी रोकथाम र नियन्त्रणको लागि लामो समय लकडाउन र निषेधाज्ञा लगाएको कारण गोदामको माल बिक्री नभएर म्याद सकिएको दावी गरेको पाएका छन् । नियन्त्रणमा लिएको सामानहरु बिक्री नगर्ने प्रायोजनका लागि गोदाममा राखिएको उनीहरुको भनाइ रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार