अर्मेनियाद्वारा अजरबैजानको गान्जामा मिसाइल आक्रमणः १२ को मृत्यु, ४० भन्दा बढी घाइते ।



प्रकाशित: कार्तिक १, शनिबार, एजेन्सी । 
शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जानकारी दिएको छ ।

अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको र आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् तर अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । प्रारम्भिक जानकारीअनुसार अर्मेनियाको आक्रमणबाट गान्जामा २० भन्दा बढी घरहरु ध्वस्त भएको छ।


अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाख सीमा क्षेत्रलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ भने पछिल्लो समय सेप्टेम्बर २७ यता अर्मेनियाले अजरबैजानी सुरक्षा फौज र सर्वसाधारणप्रति लक्षित आक्रमण गरिरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार