कोभीड कोषमा आफ्नो दशैं भत्ता जम्मा गर्न स्थानिय तहलाई आग्रह ।


प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीहरूले दसैं भत्तावापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पर्वत गुरुङले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोमबार मन्त्री गुरुङले भने, 'प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसवर्षको दसैं भत्ता वापत आएको रकम कोरोना कोषमा राखी यस रोगको रोकथाम नियन्त्रणमा सहयोग पुर्‍याउने निर्णय भएको बताएको छ।

सरकारले सांसदहरूलाई कोरोना महामारीको बेलमा भत्ता दिएको भनेर आलोचना भएपछि सांसदहरूले उक्त भत्ता फिर्ता गरेका थिए भने यससँगै प्रधानमन्त्री र मन्त्रीरहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय गरेका हुन् ।

त्यसैगरी संघीय सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरेकाे छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial