अब लोडसेडिङ हुँदैन: नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला ।



प्रकाशित: असोज १७, शनिबार । 
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले देश कुन लोडसेडिङको चपेटामा नपर्ने दाबी गरेका छन् । पुराना लगायत कम क्षमताका विद्युतीय संरचनाहरू भएकाले प्राविधिक गडबडीले बत्ती जान सक्ने भएको तर लोडसेडिङको तालिका निकाल्ने स्थिती नदोहोरिने कुरामा उनले स्पष्ट पारे ।

झरीका कारण केही ठाउँमा बत्ती जाने गरेको थियो भने कतै लाइन मेन्टेनेन्स गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको उनी बताउँछन् । विद्युतको आन्तरिक उत्पादन बढिरहेका कारणले गर्दा लोडसेडिङ नहुने उनको तर्क छ । २०७५ वैशाख अघिसम्म दैनिक १८ घण्टा लोडसेडिङ हुने गरेको थियो । सो समयमा आन्तरिक उत्पादन करिब ३०० मेगावाट मात्र थियो भने विद्युतको माग करिब ९०० मेगावाट रहेको थियो । हाल उच्च अवधिमा विद्युत खपत १३६६ मेगावाट छ ।

पिक आवरका लागि भारतबाट २८२ मेगावाट विद्युत् आयात गरिने निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए । कम विद्युत् माग भएको समयमा बढिरहेको विद्युत्लाई भारतमा निर्यात गर्ने गरिएकोमा अहिले भारत बाट माग नभएका कारण निर्यात शुन्य छ । तर पनि विद्युत् खेर जाने अवस्था नभएको बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार