लिभरपुल १–० ले विजयी ।



प्रकाशित: कार्तिक ६, बिहिनार, एजेन्सी । 
आत्मघाती गोल निर्णायक बन्दा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्समाथि उसकै मैदानमा १–० को झिनो जित निकाल्दै विजयी शुरुवात गरेको छ । योहान क्रुएफ एरिनामा बुधबार राति भएको खेलको ३५औं मिनेटमा निकोलस ट्याग्लियफिकोले गरेको आत्मघाती गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । घरेलु टोलीविरुद्ध लिभरपुलले खेलको सुरुवात देखि नै दवाव झेलेको थियो ।

३३औं मिनेटमा निकोलस ट्याग्लियाफिकोको क्रसमा क्विन्सी प्रोमिसले टच गर्दे दिएको पासलाई डेभिड नेरेसको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियले बचाए । ३५औं मिनेटमा ट्याग्लियफिकोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा १–० को अग्रता लियो ।

४४औं मिनेटमा डाले ब्लिन्डको पासमा डुसान टाडिकको वान भर्सेस वानक अवस्थामा गरेको चिप प्रहारलाई फाविन्होले गोललाइनबाट क्लियर गर्दै बराबरी टारे । ४६औं मिनेटमा डाभी क्लासेनको प्रहार पोस्टमा लागेर बाहिरिदा आयाक्स पुनः बराबरीबाट चुक्यो ।


५७औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको कर्नरमा फविन्होको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ५८औं मिनेटमा काउन्टर अट्याकमा माजराओइको पासमा प्रोमिसले गरेको प्रहारलाई गोलरक्षक एड्रियनले बचाए ।

अग्रपङ्तिमा निकै फितलो देखिएपछि प्रशिक्षक योर्गेने क्लोपले एकैपटक तीन फरवार्ड साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्होलाई निकाल्दै डिएगो जोटा, जद्रान शाकिरी र टाकुमी मिनामिनोलाई मैदान पठाएको थियो ।

७०औं मिनेटमा मिनामिनोको प्रहारलाई आयाक्सका गोलरक्षक ओनानाले बचाए । ७२औं मिनेटमा पेर स्चर्सको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ७३औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको क्रसलाई जर्जिन्हो वाइनाल्डमले सदुपयोग गर्न सकेनन् । इन्ज्युरी समयमा गोलरक्षक एन्ड्रे ओनानाले डिएगो जोटा र मिनामिनोको दुई प्रहारलाई बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुन सफल भयो ।

यही समूह ‘डी’ को अर्काे खेलमा इटालियन क्लब एटलान्टाले डेनिस क्लब मिट्जिल्यान्डमाथि उसकै मैदानमा ४–० को सहज जित हात पारेको छ । एटलान्टाको जितमा डुभान जापटा, एलेजान्द्रो गोमेज, लुइस मुरेल र एलेक्से मिरानचुकले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

यो नजितासँगै यो समूहमा एटलान्टा शीर्षस्थानमा तथा लिभरपुल दोस्रो स्थानमा रहेको छ । आयाक्स दोस्रो तथा मिट्जिल्यान्ड पुछारमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial