सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्यसचिव, डाक्टर युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत, र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त कुरालाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । उक्त सिफारिस लगायत अन्य विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्ने भनिएको थियो ।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बिच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको थियो।
उक्त बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनैतिक नियुक्ति, संगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयहरुमा छलफल हुने भनिएको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :