काभ्रेका पुराना पत्रकार चौलागाईंको निधन


प्रकाशित: कार्तिक १४, शुक्रबार, काठमाडौं । 
काभ्रे पोस्ट साप्ताहिकका सम्पादक एवं पुराना पत्रकार बिष्णु चौलागाईंको दुखद निधन भएको छ । 

५१ वर्षीय चौलागाईंको ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। तर ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि काठाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। 

स्वर्गीय चौलागाईको एक हप्ताअघि मात्रै कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको थियो । तर उनमा निमोनिया र श्वास प्रश्वासको समस्या बढ्दै गएको थियो । 

काभ्रेको कोशीपारी चौंरी देउराली गाउँपालिकाका बासिन्द चौलागाईं काठमाडौं बस्दै आएका थिए । 

स्वर्गीय बिष्णु चौलागाईंका एक छोरी, एक छोरा र श्रीमती छन । पत्रकार स्वर्गीय चौलागाईंले काभ्रे पोस्ट साप्ताहिक पत्रिका काठमाडौंबाट प्रकाशन गर्दै आएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार