विहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई झारखण्ड अदालतले दियो जमानत।



प्रकाशित: असोज २३, शुक्रबार, भारत ।
भारतीय राजनीतिका चर्चित व्यक्तित्व एवं विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई आज झारखण्ड उच्च अदालतले जमानत दिएको छ। चारा घोटाला सँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिइएको छ भने यससँग सम्बन्धित अर्को मुद्दा विचाराधीन अवस्थामै रहेको उच्च अदालतले जनाएको छ।

उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।

स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् भने सन् २०१७ डिसेम्बरदेखी जेलमा रहेका लालु यादव चारा घोटाला संग सम्बन्धित अर्को मुद्दा विचाराधीन अवस्थामा रहेकोले अहिले जेलमै बस्नुपर्नेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार