जिउदै जलाएर एक पुजारीको हत्या ।


प्रतिनिधि तस्विर

प्रकाशित: असोज २४, शनिबार, भारत । 
एक पुजारीलाई भारतको राजस्थानमा  जिउँदै जलाइएको छ। 

राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा जमिनको विवादका  क्रममा ति पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो ।

जलेर घाइते भएका पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ ।


करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको छ भने अन्य आरोपी फरार भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको करौली प्रहरीले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार