कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको अकाट्य प्रमाण ।


kalapani
प्रकाशित: असोज २०, मंगलवार, काठमाडौं।  
सीमा विवादबारे भारतसँग वार्तामा कसरी प्रस्तुत हुने भनी सरकारलाई ठोस सुझाव दिन बनाइएको विज्ञको टोलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको अकाट्य प्रमाण रहेको बताएका छन् ।

विज्ञ टोलीका संयोजक संयोजक डा. विष्णुराज उप्रेतीका अनुसार विभिन्न ऐतिहासिक दस्तावेज र विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र परामर्श गरेर तयार पारिएको प्रतिवेदन सो समितिले आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाएको छ प्रमाणहरुको विभिन्न आयामबाट मिहीन ढंगले विश्लेषण गर्ने र भारतसँगको वार्तामा कसरी प्रस्तुत हुने भनी सरकारलाई ठोस सुझाव दिएको छ। 

सरकारले नक्सा जारी गरेपछि प्रमाण खोज्न समिति बनाएको भनी आलोचना भएको बेला उप्रेतीले प्रमाण जुटाउन होइन, पहिले नै भएका प्रमाणलाई संश्लेषण गर्न र विविध दृष्टिकोणबाट अध्ययन गर्न समिति बनेको बताए । 

विभिन्न क्षेत्रमा लामो समयसम्म काम गरेका विज्ञहरु टोलीले सीमाको एउटै विषयलाई फरक–फरक आयामबाट हेरेर अध्ययन गरेको र यी क्षेत्र नेपाली भूभाग हुन् भन्नेमा हामीसँग अकाट्य प्रमाणहरू रहेको बताए। नेपालसँग भएका मुख्य प्रमाणहरु सन् १८१६ मा भएको सुगौली सन्धीले कायम गरेको सीमाङ्कन, स्थानीय जनताले कर तिरेको प्रमाण र विगतमा त्यहाँ जनगणना भएकालगायतका विषयहरु हुन् । 


सुगौली सन्धीमा पश्चिम सीमा कालीनदी भएको स्पष्ट छ र त्यसपछि भारतले नै जारी गरेका नक्सामा समेत लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको देखिएको थियो भने पछि भारतले नक्कली काली बनाएर त्यसलाई नै सीमा भनी दाबी गरेको थियो ।

सुगौली सन्धीअनुसार नावी, कुटी, गुन्जी र गब्र्याङ गाउँहरु नेपालमा नै पर्छन् र प्रमाण संकलन समितिले लिम्पियाधुरासम्म नै नेपाली भूभाग हो भन्ने प्रमाण जुटाएको एक सदस्यले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार