मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली



प्रकाशित: कार्तिक ११, मंगलबार, बिराटनगर ।  
आज देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । 

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ । त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश १ र बाग्मती प्रदेशका केही भू–भागको मौसममा आंशिक बदली रहने छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial