अष्ट्रेलियाली कम्पनीले नेपालमा ५०० मेगावाट क्षमताको विद्युत आयोजना बनाउने ।


fortesque
प्रकाशित: असोज १७, शनिबार, काठमाडौँ । 
एक अष्ट्रेलियाली कम्पनीले नेपालमा पाँच सय मेगावाट भन्दा ठुलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा प्रकट गरेको छ। अस्ट्रेलियाको फर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले नेपालमा पाँच सय मेगावाट क्षमताको विद्युत् उत्पादन गरेर त्यसको खपतका लागि आफै किन्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष पेश गरेको छ ।

उक्त प्रस्तावबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिहरु बिच भर्चुअल बैठकसमेत सकिएको छ । उक्त प्रस्तावलाई जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ले नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताउनुभएको छ । उहाँका अनुसार अष्ट्रेलियाली कम्पनीले नेपालमा ल्याउन खोजेको ठूलो लगानी स्वागत गर्ने र त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्ने स्पष्ट पार्नुभयो । 

आगामी अक्टुबर १२ मा कम्पनीका अध्यक्ष एन्ड्रयू फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँग को भेटमा आयोजनाको विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रकृयागत विषयहरुमा कम्पनीलाई जानकारी गराइने उल्लेख गर्नुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार