ग्लोबल आइएमई बैंकका सुरक्षागार्डमाथि खुकुरी प्रहार ।



प्रकाशित: असोज २९, बिहिबार, काठमाडौँ ।
काठमाडौंको बनेश्वरमा ग्लोबल आईएमई बैंकको सुरक्षा गार्डलाई बिहीबार खुकुरीले हमला गरिएको छ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार सुरक्षाकर्मी रुद्र बहादुर मगरलाई ग्राहक र बैंकका कर्मचारीहरूबीच विवाद सुल्झाउने क्रममा एक ग्राहकले खुकुरीले प्रहार गरेका थिए ।

डीएसपी बस्नेतका अनुसार सुरक्षाकर्मीको खुकुरी खोसेर उक्त व्यक्तिले आक्रमण गरे। मगरको हाल बि एंड बी अस्पतालमा उपचार भइरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार