आज सुनचाँदीको मूल्य स्थिर । कतिमा भइरहेको छ कारोबार ?



प्रकाशित: कार्तिक ३, सोमबार, काठमाडौँ । 
नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य उक्त मूल्यमै कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज आइतबारकै मूल्य अनुसार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial