सिभिल बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले समेत आवेदन दिन पाइने ।



प्रकाशित: अशोज १६, शुक्रबार , विराटनगर ।
सिभिल बैंक ले अशोज १६ गतेबाट ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाम मा रहेका यी शेयरहरु बिक्री मा ल्याएको हो ।

उक्त लिलामी सेयरमा ब्यांकका संस्थापक शेयरधनी, अन्य व्यक्ति, कम्पनी, संघ संस्था लगायत सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । न्युनतम एकसय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्ने प्रावधान यसमा रहेको छ ।

आवेदन दिन चाहने लगानीकर्ताहरुले न्युनतम १०,००० कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद असोज ३० गतेसम्म रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार