एक हजार रुपैयाँमै एन्टिजेन विधिबाट कोभिड-१९ को परीक्षण गरिने ।



प्रकाशित: असोज २८, बुधबार, काठमाडौँ । 
सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को परीक्षण एन्टिजेन विधिबाट गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय कोभिड-१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै विधिबाट कोभिड-१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा.गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने छन भने रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएमा काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्नेछ।

कोभिड-१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्ने उनले बताएका छन्। यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ भन्ने मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्ने डा.. गौतमले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial