प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रमा बनाउन गरेको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चर्केको छ । आन्दोलनले उग्ररुप लिएपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ भने ५ जना भन्दा बढी जम्मा हुन नपाईने गरी निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचनामार्फत जनाएको छ भने निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :