मौसम सामान्यतया सफा, केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना


काठमाडौं । हाल वंगालदेश आसपासको क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ ।

हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहनेछ । अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश १ को मौसममा सामान्य बदली हुनेछ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ ।

अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial