देउखुरीलाई केन्द्र मानेर प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव, बुटवलमा कांग्रेसद्वारा विरोध प्रदर्शन |


प्रकाशित: असोज १७, शनिबार, दाङ । 
देउखुरी क्षेत्रलाई केन्द्र मानेर प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि दाङमा खुसियाली छाएको छ । तर बुटवलमा भने कांग्रेसले विरोध प्रदर्शन थालेको छ ।

प्रदेशको पूर्वपश्चिम र उत्तरदक्षिण क्षेत्रलाई आधार मान्दै उपयुक्त ठाउँमा राजधानी प्रस्ताव गरिएको दाङ राजधानी सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । भुसालका अनुसार विज्ञहरूको सुझाव, प्रदेशवासीको माग र संसदीय समितिको अध्ययनबाट प्रस्ताव भएकाले यो उपयुक्त छ ।

अर्कोतिर प्रस्ताव पेस भएलगत्तै कांग्रेस रूपन्देहीले आन्दोलन घोषणा गरेको छ । कांग्रेसका नेता कार्यकर्ताले बुटवलमा टायर बाल्दै प्रदर्शन समेत गरेका छन् ।

आन्दोलनकारीले चार सवारी साधन तोडफोड गरेका छन् । कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गरेर संसदीय मर्यादाविपरीत विपक्षी सांसदसँग कुनै छलफल नगरी बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै ल्याइएको प्रस्तावले कांग्रेसलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।


सत्तापक्ष नेकपाका साबिकको लुम्बिनी अञ्चलका नेता भने छलफलमा जुटेका छन् । बुटवलमा हुन सक्ने आन्दोलनको नेतृत्व गर्ने कि नगर्ने र कांग्रेससँग कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको भए पनि खुलेर गर्दछन् मा आउन सकेका छैनन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार