चीनकै सहयोगी पाकिस्तानले टिकटकमा लगायो प्रतिबन्ध ।



प्रकाशित: असोज २४, शनिबार, ‌काठमाडौँ । 
पाकिस्तानी दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रबारबाट टिकटकमाथि प्रतिबन्ध लगाएको छ। चीनकै सहयोगी राष्ट्र मानिएको पाकिस्तान सरकारले ‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

टिकटकमा अपलोड भएका अनैतिक र अश्लिल सामग्रीको विषयमा समाजमा गुनासो बढ्न थालेपछि प्रतिबन्ध लगाएको पीटीएले जनाएको छ। पीटीएका अनुसार टिकटकले अश्लिल सामग्री नियन्त्रणका लागि सन्तोषजनक विधि नबनाएसम्म पाकिस्तानमा प्रतिबन्धको समीक्षा गर्न नसकिने बताएका हुन्।

टिकटक चिनियाँ कम्पनीको बाइटडान्सको एप हो जसमा छोटो अवधिमा भिडियो राख्न सकिन्छ । पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी जारी गरेको थियो तर, टिकटकका तर्फबट सन्तोषजनक कदम नचालिएपछि प्रतिबन्ध लगाउने कदम चालिएको पीटीएका प्रवक्ताले बताइएका छन् ।पाकिस्तानमा टिकटकका प्रति महिना दुई करोड एक्टिभ युजर्स रहेका छन् भने टिकटक पछिल्ला १२ महिनामा व्हाट्सएप र फेसबुकपछि सबैभन्दा बढी डाउनलोड गरिएको तेस्रो एप हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार