भारतले एकपक्षीय रुपमा खोल्यो नेपालसँगको सिमा: सीमाक्षेत्रमा तनाव ।



प्रकाशित: कार्तिक ७, शुक्रबार, बिरगंज । 
एकपक्षीय रुपमा भारतले बिहिवार वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । बिहान ६बजेदेखि दुई देशको सीमामा रहेको रक्सौल कस्टमले नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव श्रृजना भएको छ।

गत चैत ११ गतेदेखि कोरोना माहामारीको सङ्क्रमणका कारण बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् भने बविभिन्न निजी सवारी साधनमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । 

यही कात्तिक ३० गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्माण भएकाले सोको कार्यान्वयन हुने पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial