फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोश्रो जित ।


प्रकाशित: असोज २८, बुधबार, एजेन्सी । 
सन् २०२२ मा हुने फिफा विश्वकप छनौटमा अर्जेन्टिनाले लगातार दोश्रो जित हात पारेको छ । मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनौट अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ को जित निकालेको हो ।

बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे । खेलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । यस जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि उसले एक्वेडरमाथि  १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार