चोरी भएको सवारी साधनको निवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात।



प्रकाशित: असोज १८, आइतबार, काठमाडौँ। 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ जसअनुसार हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि यो सफ्टवेयर आइतबारबाट सञ्चालनमा ल्याएको हो। यो सेवा सुरु भएसँगै निवेदनर सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ उनले बताएका हुन्।

हराएको सवारी साधनको निवेदन दर्ता गर्नको लागि ट्राफिक प्रहरीको वेबसाइटमा गएर दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसनमा क्लिक गरी सवारीधनीले फर्म भरेर आवेदन दिन सक्नेछन्। 


एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ भने माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्ने र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्ने हुन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार