फिफा विश्वकप छनौट: ब्राजिल र अर्जेन्टिना विजयी ।



प्रकाशित: असोज २९, बिहिबार, एजेन्सी । 
सन् २०२२ को विश्वकप छनौटमा बाजिल र अर्जेन्टिना बिजयी भएका छन् । अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्‍यो ।

ब्राजिलले नेयमारको ह्याट्रीकको मद्धतमा पेरुले अग्रता लिएको स्थितिलाई उल्ट्याउदै जीत निकाल्यो ।

पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता दिलाए । त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गरे ।


नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा गर्न सफल भएका थिए । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार