सत्ताको भिडन्त - पर्बत खत्री


प्रकाशित: कार्तिक १४, शुक्रबार, एजेन्सी
“शासक परिवर्तन भए तर शासकीय व्यवस्था परिवर्तन भएन, सत्ताधारी परिवर्तन भए लालच परिवर्तन भएन” 
राजनीतिको मैदानमा युद्ध गरिरहेका राजनीतिज्ञहरुले जनताको विश्वासमाथि गोलाबारुद को प्रहार गरि हिंसात्मक शासन सत्ताको विस्तारवादी तन्त्रमा ब्यस्त छन् | राजनीतिको बागडोरमा स्वार्थ र कुर्सिको मोह बोकेर राजनितिक यात्रा को नया इतिहास रच्ने सपना बोकेका राजनीतिज्ञ हरुले मुलुकमा सम्बृद्धि भन्ने कुरामा जनतालाई आखामा धुलो छरेका छन | 

लामो इतिहास बोकेको नेपालको राजनीतिको सेरोफेरोमा मा एतिहासिक समृद्धिको लेखाजोखा गर्नेहो भने राजनैतिक समृद्धि बाहेक राष्ट्रिय समृद्धि मा खासै उल्लेखीय रहेको देखिदैन | इतिहासलाइ हेर्ने हो भने १०४ बर्षे जहानिय राणा शासन को अन्त्य संगै २००७/११/०७ गते प्रजातन्त्रको स्थापन भयो तर प्रजातन्त्रको स्थापना संगै निरंकुश राजतन्त्र को पनि उदय भयो | त्यस पश्चात पुष २२,२०१७ मा राजतन्त्रको मुठीमा चल्ने पञ्चायती व्यवस्था को स्थापना भइ २०४६ चैतसम्म जम्मा ३० वर्ष कायम भएको एउटा राजनीतिक व्यवस्था थियो | 

त्यस बेला पनि स्वर्थवादी एकदलीय,निरंकुश,केन्द्रकृत व्यवस्थाले गर्दा जनताले सुखको अनुभव सम्म गर्न पाएनन | २०६५/२/१५ गते करिब २ सय ४० बर्षे शाही राजतन्त्रको अन्त्य संगै गणतन्त्रको स्थापना भयो | जनताले प्रजातान्त्रिक व्यवस्था स्थापनाको माग गर्दै गरेको जनआन्दोलन को अन्त्य भयो | त्यस बेला जनताले अब नेपाल समृद्ध बन्ने सपना देखे,देश मा परिवर्तन हुन्छ भन्ने आशा बोकीरहे, तर बिडम्बना त्यो आशा आज सम्म पनि आशामा नै सिमित रहेको छ | 

यस्तो लामो इतिहास बोकोके नेपाली राजनीति,कुशल नेतृत्वको अभावमा आज सम्म पनि छटपटाइरहेको छ | सत्ताधारी दल र बिपक्षी दल बिच आरोप प्रत्यारोप को होडबाजी ले आज नेपालको राजनीतिको बागडोर संचालक राजनीतिज्ञमा राजनैतिक अज्ञानताका बोध छर्लङ्ग झल्काएको छ | कुर्शीको भागबण्डा र सत्ता जोगाउने होडबाजीमा लागेका राजनितिज्ञ ले जनमानसमा अविश्वासको विजारोपण गरेका छन् | 


हाल सत्तामा रहेको दलले २०७४/११/०३ गते प्रथम सरकार गठन गरेको थियो तर २०७७ सालमा आइपुग्दै ११औं पटक मन्त्रिपरिषद्को पुनर्गठन गरिसकेको छ | अर्को तर्फ छिमेकि देशको उदारण हेर्ने हो भने हाल सत्ता पक्षमा रहेका नेता प्रधानमन्त्री नरेन्द्र मोदी ले २०१४ पछिको प्रथम कार्यकाल मा जम्मा १ पटक मन्त्रिपरिषद्को हेरफेर गरेका छन् | छिमेकि मुलुकको उदारण हेरेर पनि पाठ सिक्नुपर्ने समयमा नेपालमा भने, स्वर्थवादी र रैथाने प्रवृतिको नेतृत्वले देश विकास र समृद्धि को पक्षलाई आफ्नो कब्जामा लिएर मनपरीतन्त्र लाइ आत्मसात गरेको छ | सत्ताधारी पक्षले सत्ता आफ्नो पक्षमा रहुन्जेल कुर्सिको बाडफाडमा नै जुट्ने हो भने देश विकास चै कसले गर्ने हो ? निर्वाचन को समयमा मोहरुपी आश्वासन ले जनताको तनमन जित्ने र चुनाब लड्ने चुनाव जितिसकेपछि सम्पति र कुर्सिको लालचमा आफ्नो कार्यकाल समाप्त गर्ने प्रवृति ले राजनितिको चरित्रहत्या नै गरेको छ | 

यस्तै गर्दै जानेहो भने छिमेकीको सिमा विस्तारवादी तन्त्रले एक दिन देशको गरिमामय इतिहास बोकेको राजनीतिको पुत्ला नउड्ला भन्न सकिदैन | देशको सिमा रक्षा गर्नुपर्ने समयमा नेताहरु कुर्सि र पदको रक्षामा लागेका छन् | हुनपनि हो राजनीतिको यात्रा सुरुवात गर्नु पुर्व मानसिकतानै व्यक्तिगत हित, स्वार्थी, कुशासन, भ्रस्ट आदिले भरिए पछि सुशासन कहा बाट हुन्छ | हिजो बिउ चै कागतीको रोप्ने अनि आज फल चै लिच्ची को खोजेर कहाँ पाइन्छ र ? 

वर्तमान परिस्थितिमा मुलुक कोरोना कहरका कारण ब्याकुल भइरहेको बेला मुलुकलाईं कसरि पुन पुर्व अवस्थामा ल्याउने भन्ने कुराको चिन्ता लिने बेलामा सरकार यतिबेला पनि पुन मन्त्रिपरिषद्को पुनर्गठन मा लग्नु भनेको कति सम्मको गैरजिम्मेवार पन हो | विश्व यतिबेला कोरोना रोकथाममा जुटेको बेला हाम्रो देश को सरकार भने पार्टी एकता र सत्ता बाडफाड मा जुटेको छ | 

जनता त्रसित छन, ब्याकुल छन वर्तमान अवस्थामा जीविकोपार्जन गर्न समेत धौ धौ परेको छ | कुन बेला संक्रमित हुने हो र कसरि सुरक्षित रहने भन्ने पीडाले पराकाष्टा नाघिसकेको छ | तर सरकार विभिन्न बहाना देखाउदै पन्छिदै छ हुदाहुदै आज आएर कोरोना संक्रमण पुष्टी भएमा उपचार पनि जनताले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय ले जनसरकार भएर जनताको जिउ-धन रक्षा गर्न प्रति गैरजिम्मेवार बनेको देखिन्छ | 

हुन पनि हो राजनीतिक शक्तिहरु बिच चलेको नेपथ्यको दाउपेचको प्राथमिकतामा सत्ता र कुर्सि नै पर्यो | आफु सत्ता मा पुग्ने अनि आफ्नो हैकम चलाउनेहरु ले हरेक क्षेत्रमा बर्चस्व कायम गरेका छन | तर सरकार,

हिजो राजतन्त्रको समयमा पनि राजाहरुले जानअपेक्षा अनुरुप शासन सन्चालन गरेको भए, मुलुकको उन्नति र प्रगतिको यात्रा तय गरेको भए आफ्नै हातले आफ्नै शासन कालको एतिहासिक आयु लेख्ने थिए तर त्यसो नगरी आफु नै सर्बैसर्बो ठान्ने प्रवृतिले झन्डै २५० वर्ष लामो इतिहास बोकेको शाही शासनको अन्त्य भयो | त्यसैले सरकार यो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक हो | यहाँ जनताले अब राणा शासन र राजतन्त्र हैन जनशासन चाहन्छन,कुर्सि तन्त्र हैन व्याबहारिक गणतन्त्र चाहान्छन | 

सरकार अब जनतामाथि नेपाल स्विजरल्याण्ड वा अमेरिका बन्ने आश्वासन हैन, समृद्ध नेपाल बनाइदे पुग्छ | कुनै देशको आशा मा हैन सरकार मुलुकमा राजनीतिक स्थिरता कायम र भ्रष्टाचार को अन्त्य गरिदेऊ | अन्यायको विरुद्ध न्यायको विजय लाई व्यवहारिकरुपमा लागु गरिदेऊ धेर हैन सरकार गरिवी र भोकमरीको अन्त्य गरिदेऊ ।

( यो लेख हामीलाई पर्बत खत्रीले पठाउनुभएको हो ।  )

यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र तिनीहरूले राष्ट्रिय टाइम्स को धारणा प्रतिबिम्बित गर्दैन )

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial