कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण मृत्यु।



प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ ।
सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्युको वास्तविकता अलि फरक छ ।

कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका काठमाडौंको खहरेमा घर भएका ६६ वर्षको विष्णु निरौला निकै स्वस्थ र फुर्तिला थिए । उनलाई कुनै दीर्घरोग नरहेको बुहारी निशाले बताएकी छिन्। 

कोरोनाको सामान्य लक्षण भए पनि गम्भीर अवस्था नभएको उनको भनाइ छ भने कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् ।


निरौलाको स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको तर पोजिटिभ रिपोर्ट आएको थाहा पाएपछि एकाएक ढलेको परिमाणका एक सदस्यले बताए।

त्यसैले कोरोनाका बारेमा जनमानसमा उत्पन्न भएको त्रासलाई कसरी कम गर्ने भनेर सबैले सोच्नुपर्ने बेला भएको छ । बिरामीको आत्मविश्वास कमजोर भयो भने जे पनि हुन सक्दोरहेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार