अमेरिकामा बैंक डकैतीको आरोपमा नेपाली नागरिक पक्राऊ ।


Photo Credit: Social Media

प्रकाशित: असोज २२, बिहिबार ।  
संयुक्त राज्य अमेरिकामा  चक्कु देखाएर बैंक डकैती गरेको आरोपमा एक नेपाली नागरिक पक्राऊ परेका छन्।

मोन्टगोमेरी काउन्टी पुलिस विभाग, मेरील्याण्डले नर्थ फ्रेडरिक एभिन्यू स्थित वेल्स फार्गो बैंकको शाखा लुटेको आरोपमा नेपाली नागरिक सम्राट लामालाई पक्राउ गरेको हो।


स्थानीय समय अनुसार मङ्गलबार बिहान १०:०२ बजे बैंक लुटिएको थियो, एक स्थानीय पोर्टल localdvm.com ले  रिपोर्ट गरेको छ । अधिकारीहरूका अनुसार, लामा बैंकमा घुसे र चक्कु देखाई  पैसा लुटेर फरार भए । 

लामालाई पैसा लिएर भाग्दै गरेको अवस्थामा त्यहाँको  प्रहरीले  उनलाई पक्राउ गरेको हो । लामालाई केन्द्रीय प्रोसेसिंग युनिटमा पठाइएको छ र उनि विरुद्ध डकैतीको आरोपमा मुद्दा दर्ता गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार