दशैं विदामा आफ्ना सबै शाखा बन्द गर्न राष्ट्र बैंकसँग वाणिज्य बैंकहरुको माग ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, काठमाडौँ । 
वाणिज्य बैंकहरू यस वर्षको दशैंमा आफ्नो शाखा सञ्चालन नगर्ने सोचमा छन्। विगतका वर्षहरू जस्तो नभई, वाणिज्य बैंकहरूले यस वर्ष दशैंको बिदाको समयमा डिजिटल बैंकिङ मात्र संचालन गर्न रुचाएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार कार्यालयहरु मार्फत गरिने घट्दो लेनदेन र कोरोनाभाइरस महामारीको विस्फोटक प्रवृत्तिलाई जोड दिदै कर्मचारी हरूले कार्यालयमा उपस्थित भई काम गर्नुको सट्टा डिजिटल बैंकिङ लागि प्रोत्साहित गर्ने सोच राखेका छन् । 

अध्यक्ष दाहालले भने, "धेरैजसो ग्राहकहरू डिजिटल लेनदेन र एटीएम सेवाको प्रयोग गर्ने भएको हुँदा हामीले डिजिटल रूपमा सञ्चालन गर्ने सोच राखेका छौं," एनबीएका अध्यक्ष दाहालले भने, "नियमित रूपमा बैंकमा आउने ग्राहकहरूको संख्या घट्दै गएको हामी महसुस गर्छौं त्यसैले हामी डिजिटल रूपमा सञ्चालन गर्न सक्दछौं।"


उनका अनुसार एनबीएले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्न प्रयास गरिरहेको छ। "नेपाल राष्ट्र बैंकबाट औपचारिक सहमति पाएपछि औपचारिक जानकारी दिनेछौं,” उनले भने।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार