सुनको मूल्यमा थोरै गिरावट ।



प्रकाशित: असोज २७, मङ्गलबार, काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ ।

सोमबार तोलामा ९५,६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला ९५ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउमा पनि केही गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२२५ रुपैयाँमा कारोबार भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार