म्याद सकिएका चकलेट र बिसकुट्मा नयाँ मिति राखि बजार पठाउने आयन डिष्ट्रिब्युटरका २ जना पक्राउ ।



प्रकाशित: असोज २३, शुक्रबार, काठमाडौँ । 
कलंकी स्थित आयल डिष्ट्रिब्युटरबाट म्याद सकिएका चक्लेट र बिसकुट्मा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुईजना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रविन्द्र आचार्य ले जनाएका छन्।

गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो भने निर्देशक आचार्यका अनुसार म्याद गुज्रिएको वस्तुमा नयाँ लेबल लगाएको अभियोगमा अहिलेसम्म १३ जना आरोपीलाई थुनामा पठाइसकिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार