२५ बर्षकै उमेरमा इन्जिनियरको कमाइ साढे ५ करोड ।


प्रकाशित: अशोज १७, शनिबार ।
जलस्रोत तथा सिँचाइ विभागका सिडिई सुरेश कुमार शर्माले २५ वर्षकै जागिरे उमेरमा साँढे पाँच करोड कमाएका छन् । तर उनले सार्वजनिक सेवामा रहँदा को समयमा कमाएको ३ करोड ६ लाख रकम अवैध देखिएको छ । उनले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य कार्य गरेको तथा गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती बाबिय फुयाल शर्माको नाममा राखेको खुलेको छ ।

भ्रष्टाचार तथा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि अनुसन्धान थालेको थियो । उनी २०५२ माग १८ देखि रा प तृतीय श्रेणी इन्जिनियर पदमा अस्थायी नियुक्ति भएका थिए । सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आर्थिक वर्ष २०७६/७७ सम्म को जाँच अवधिमा सिर्जना गरिएको सम्पत्ति एवं खर्च तथा लगानीमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यव को प्रवाह विवरण अनुसार, उनको वैध आय २ करोड ३५ लाख ३१ हजार मात्रै देखिएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम विगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत असुलउपर गरी पाउन समेत मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार