स्यांग्जामा फ्रान्सका राष्ट्रपतिको तस्विर जलाइयो ।


प्रकाशित: कार्तिक १४, शुक्रबार, स्यांग्जा ।
फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोंको तस्बिर र फ्रान्सको राष्ट्रिय झन्डा स्याङ्जामा जलाइएको छ। राष्ट्रपति माक्रोंले मुस्लिमविरोधी अभिव्यक्ति दिएको भन्दै  उक्त अभिव्यक्तिको विरोधमा स्याङ्जाका मुस्लिम समुदायले विरोध जनाएका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित अहले सुन्नत बलजमात नुमरा जामाँ मस्जिदले गत मंगलबार माक्रोको तस्बिर जलाएका हुन्। 

मस्जिदबाट निस्केको र्‍याली बाडखोला चोकमा पुगेर कोण सभा गरेको मस्जिदका सचिव हाजी साह मोहम्मदले जनाए। कोणसभा पछि माक्रोंको तस्बिर जलाएको उनले बताए। 

‘विश्वभरका मुस्लिम समुदायले आस्थामाथि प्रहार गरेकाले यसैको विरोधमा हामीले माक्रोंको तस्बिर जलायौं,’ मोहम्मदले बताए ।

विरोधका अन्य कार्यक्रमका बारेमा बैठक बसेर निर्णय गर्ने उनले बताए।  बाडखोला मुस्लिम समाजका सचिव समेत रहेका मोहम्मदले आज भने उनै पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेको बताए।


‘आज उहाँको १४९५ औं जन्मजयन्ती हो, हामी मनाउने तयारी गर्दैछौं’, उनले भने, ‘उहाँका राम्रा कुराहरू सम्झने र प्रसाद ग्रहण गर्छौं ।’ मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीले कुनै पनि राष्ट्रको विषयमा विरोध प्रदर्शन कार्यक्रम गर्ने नीति नभएको बताए। उनले स्याङ्जाको घटनाबारे बुझ्ने बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार