आजबाट अर्को सूचना नआउन्जेल प्रेस काउन्सिल कार्यालय बन्द रहने ।



प्रकाशित: कार्तिक ३, सोमबार, काठमाडौँ । 
चार जना कर्मचारीमा पिशियार रिपोर्ट पोजिटिभ देखिएपछि प्रेस काउन्सिल नेपालले आज सोमबार देेेखि अनलाइन गुनासो प्राप्त गर्ने बाहेक आफ्ना सबै सेवाहरू बन्द गरेको छ । 

काउन्सिलले जारी गरेको प्रेस नोटका अनुसार चार जना कर्मचारी - एक वरिष्ठ अफिसर, दुई वरिष्ठ सहायक र चालकमा - कोरोनाभाइरस संक्रमण पत्ता लागेको थियो।

संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीहरूलाई पनि खोकी र ज्वरोका लक्षण देखाएका छन्।

काउन्सिलका अनुसार कर्मचारीले आजदेखि अर्को सूचना नभएसम्म आफ्नै निवासबाट अनलाइन गुनासाहरूको अनुगमन गर्नेछन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial